ताइवानमा सात दशमलब चार म्याग्निच्युडको शक्तिशाली भुकम्प

काठमाडौं । ताइवानको पूर्वी तटमा आज विहान सात दशमलब चार म्याग्निच्युडको भूकम्प गएको छ । ताइवानका अधिकारीहरूले २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको बताएका छन । हालसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ । ५० जना घाइते भएका छन । मृतक र घाईतेको संख्या बढनसक्ने बताइएको छ । भूकम्पमा कम्तीमा २६ वटा भवन ढलेको र ७ वटा भवनमा मानिसहरू फसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । हुवालेन काउन्टीमा १५ वटा भवनमा क्षति पुगेको बताइएको छ । भूकम्पले  ९१ हजार परिवार विद्युतरिु्वहीन बनेका छन । पूर्वी ताइवानमा रेल सेवा पनि रद्द गरिएको छ । भुकम्पले पु¥याएको क्षतिको विवरण आउन बाँकी छ । भूकम्पपछि ताइवानमा केही दिन परकम्प जाने अपेक्षा गरिएको छ । भूकम्पपछि फिलिपिन्स र जापानमा जारी गरिएको सुनामीको चेतावनी रद्द गरेको छ । त्यस्तै, प्यासिफक सुनामी वार्निङ सेन्टरले सुनामीको खतरा टरेको बताएको हो । भूकम्पपछि ताइवान र सुदूर दक्षिणपश्चिमी जापानी टापुहरूमा छालहरू देखिएको थियो । जापानको ओकिनावा टापुमा शुन्य दशमलब मिटर अग्लो सुनामी पुगेको थियो । सुनामीपछि केही समय विमानस्थल बन्द गरेपछि अहिले सुचारु गरिएको छ । फिलिपिन्समा पनि कुनै उल्लेखनीय सुनामी नदेखिएको बताइएको छ ।  सुनामीबाट हालसम्म कुनै क्षतिको विवरण आएको छैन । फिलिपिन्समा पनि सुनामीको चेतावनी दिइएको छ । सन् १९९९ मा, ७.७ म्याग्निच्युडको भूकम्पले ताइपेईको ९३ माइल दक्षिणमा क्षति पु¥याएको थियो । करिब २ हजार ४ सय जनाको मृत्यु र १० हजार घाइते भएका थिए । सन् २०१८ मा हुवालिन नजिकै ६.२ म्याग्निच्युडको भूकम्पमा कम्तीमा १७ जनाको मृत्यु भएको थियो भने ३ सयभन्दा बढी घाइते भएका थिए ।
 

प्रतिक्रिया