नेप्सेमा दोहोरो अंकको गिरावट

शेयर बजार आजपनि दोहोरो अंकले घटेको छ ।  साप्ताहिक कारोबारको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक १५ दशमलब ३७ अंकले घटेर २ हजार ४८ दशमलब ५७ विन्दुमा ओर्लेको हो । नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकममा भने सुधार भएको छ । बिहीबार ५२ हजार ३ सय १७ वटा कारोबारबाट १ करोड ८५ लाख ५२ हजार ७ सय ५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम धेरै हो । बुधबार ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सर्वाधिक कारोबार हुने कम्पनीहरुमा आज माछापुछ्रे विकास बैंक अगाडि छ । उक्त बैंकको संस्थापक सेयर १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँको किनबेच भएको छ ।  यस्तै गुर्खाज फाइनान्सको २८ करोड ५३ लाख, शिवम् सिमेन्टको १४ करोड ८८ लाख र सोनापुर मिनरल्सको १२ करोड ७७ लाखको कारोबार भएको छ । आज धौलागिरी लघुवित्तको सेयर मूल्य भने बढेर सर्किट लागेको छ । सर्वोत्तम सिमेन्ट, किसान लघुवित्त र कर्णाली विकास बैंकका सेयर मूल्य पनि बढेको छ । आज कारोबारमा आएकामध्ये ४९ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ८७ कम्पनीको बढेको छ भने बाँकी ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
 

प्रतिक्रिया