फिफा विश्वकप छनोट: नेपालले आज बहराइनको सामना गर्दै

फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टिमले बहराइनविरुद्ध खेल्दै छ । बहराइनको बहराइन राष्ट्रिय रंगशालामा हुने पहिलो लेग राति १२ बजेर ४५ बजेदेखि शुरू हुनेछ । पहिलो चरणमा लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको नेपाल समूह ‘एच’ मा छ । दोस्रो चरणमा दुई खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ । नेपाली टिम आज पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । बहराइनलसँगको पहिलो लेग घरेलु मैदानमा हुने तालिका थियो । तर, अन्तर्राष्ट्रिय स्तरको एकमात्र दथरथ रंगशालाको स्तर खेल्नलायक नभएपछि पहिलो र दोस्रो दुवै लेग बहराइनमा हुने भएको हो । यो समूहमा नेपालसँगै बहराइन, यमन र युनाइटेड अरब इमिरेट्स यूएई छन् । नेपालले यसअघि पहिलो खेलमा यूएईसँग ४–० को र दोस्रो खेलमा यमनसँग २–० को हार व्यहोरेको थियो । 
 

प्रतिक्रिया