डढेलो नियन्त्रणको लागि वन कार्यलय पर्वतले थाल्यो पुर्व तयारी

सम्भावित बन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यलय पर्वतले पुर्व तयारी थालेको छ । वन ढडेलो हुनबाट बचाउन र भई हाले नियन्त्रण गर्न  उद्धारमा खटिनेलाई कार्यालयले प्रशिक्षण दिएको हो । डढेलो लाग्दा गुहार माग्नुपर्ने  पहिलो निकाय नै सुरक्षाकर्मी भएकाले उनीहरुलाई प्रशिक्षण दिइएको कार्यालयले जनाएको छ । 
तीन सय   ८८ वटा सामुदायीक बन भएको पर्वतमा  अधिकाँश स्थानमा पहाडी भुगोल भएको र आगलागी भएपछि पुग्न यातायात ईन्धनको समस्या हुने गरेको  सहभागि वन अधिकृतको भनाइ छ । 
पर्वतमा प्रयाप्त यातायतको साधन नहुनु इृन्धन नहुनु र आत्म सुरक्षाको उपकरण नहुँदा पनि तत्काल बन ढडेलोको उद्धार हुन नसकेको सुरक्षाकर्मीको भनाइ छ ।  पर्वतमा महाशिला, विहादी र फलेवामा  धेरै बन डढेलोका घटना हुने गरेका छन । 
 

प्रतिक्रिया