सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै पीडितहरु आन्दोलित

सहकारीबाट ठगिएका पीडित एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै उनीहरूले राजधानी केन्द्रीकृत आन्दोलनमा उत्रिएका छन् । बचतकर्ता पीडितहरूले सहकारीहरूले फिर्ता नगरेको सर्वसाधारणको बचत रकम फिर्ताका लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्मले चासो नदिएको गुनासो गर्दै आन्दोलन गर्दै काठमाडौ तीन कुनेमा धर्नामा बसेका हुन । सहकारीको बचत फिर्ताका लागि राज्यका सबै निकाय धाउँदा कतै पनि सुनुवाइ नभएपछि संयुक्तरूपमा सडक आन्दोलनमा आउनुपरेको पीडितको भनाइ छ । 
फागुन ६ गतेबाट सहकारी विभाग परिसरमा आन्दोलन थालेका बचतकर्ताहरुले रकम फिर्ता नपाएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।सहकारी पीडितबारे सरकारले गठन गरेको समितिको सुझावसहितको प्रतिवेदन गत भदौ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालको हातमा परेको थियो । प्रतिवेदन बुझेका उनले सुझावअनुसार कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको बताएका थिए । तर सो प्रतिबद्धता अनुसार चैतसम्म रकम फिर्ता प्रक्रिया अघि नबढेपछि पीडित पुन आन्दोलित भएका हुन । 

प्रतिक्रिया