हतुवागढीका आगलागी पीडितलाई दुई लाख रुपैँया आर्थिक सहयोग

कोशी प्रदेश सरकारले हतुवागढीका आगलागी पीडितलाई दुई लाख रुपैँया आर्थिक सहयोग गरेको छ । चैत तीन गते हतुवागढी गाउँपालिका ७ पात्लेपानीमा आगलागी परी मृत्यु भएका तीन बालबालिकाका परिवारलाई प्रति परिवार एक लाखका दरले दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेकोे हो । जिल्ला प्रशासन कार्यालय मार्फत राहत हस्तान्तरण गर्ने भए पनि पीडित परिवारलाई छिटो र सहज तरिकाले राहात पुगोस भन्ने उद्देश्यले घरमै आएर राहत वितरण गरेको कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले बताए ।
त्यस्तै पीडित परिवारलाई सांसद विनोद बान्तावाले ब्यक्तिगत रुपमा प्रति परिवार एक बोरा चामल र तेल सहयोग गर्नु भएको छ । मुख्यमन्त्री कार्की सहित घटनास्थलको प्रदेश सांसद बान्तावा र सिर्जना राईले पनि स्थलगत अनुगमन गरेका छन् । आगलागीमा परी पाँच बर्षीय प्रनिष कार्की, सात बर्षीया दिप्सिका कार्की र तीन बर्षीय दिउनिस कार्कीको मृत्यु भएको थियो । 

प्रतिक्रिया