सिंहदरबार परिसरमा डिडिसीको सहुलियत बिक्रि केन्द्र स्थापना

दुग्ध विकास संस्थान डिडिसीले सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र स्थापना गरेको छ । आज सिंहदरबार परिसरमा मुख्यसचिव डा.वैकुण्ठ अर्यालले सहुलियत बिक्री केन्द्रको शुभारम्भ गरेका हुन । पछिल्लो समय दुग्धजन्य वस्तुहरु बिक्रीमा आएको कमीलाई सिंहदरबारको सहुलियत केन्द्रले थप सहयोग पुग्ने कृषि मन्त्रालयको अपेक्षा छ । 
मुख्य सचिव डा.वैकुण्ठ अर्यालले डिडिसीको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने देखिएको बताए । डिडिसीले काठमाडौंको सिंहदरबारभित्र बिक्री केन्द्र खोलेर भन्दा पनि मुलुकभर बिक्री बिस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ । 
मुख्य सचिव अर्यालले डिडिसी रिङरोड भन्दा बाहिर गएपछि हराउने गरेकाले बिक्री केन्द्र नपुगेको ठाउँमा पुग्न आग्रह गरे ।  डिडिसीले आफ्ना उत्पादनलाई मुलुकभर पु¥याउन सक्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । 

प्रतिक्रिया