आयरल्यान्ड ‘ए’ सँग हुने टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ क्यानले आयरल्यान्ड ‘ए’ सँग घरेलु मैदानमा हुने टी२० शृंखलाका लागि टोली घोषणा गरेको छ । क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो । टोलीमा रोहितसँगै आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, गुलशनकुमार झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र सोमपाल कामी समेटिएका छन । यस्तै, करण केसी, प्रतिश जीसी, अविनाश बोहरा, आकाश चन्द, सन्दीप जोरा र विवेक यादव पनि टिममा परेका छन । नेपालले आईसीसी टी २० विश्वकपको तयारीस्वरुप आयरल्यान्ड ‘ए’ शृंखला खेल्न लागेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलामा सिनियर टोलीले आयरल्यान्ड ‘ए’ सँग चैत ११ र १२ गते टी २० खेल खेल्ने छ । त्यसपछि यही टोली भारतमा गएर खेल्ने छ । भारतमा यो टोलीले बरोडा र गुजरातसँग चार टी २० खेल खेल्ने छ । सिनियर टोलीले भारतमा खेलिरहँदा नेपाल ‘ए’ ले आयरल्यान्डसँग १५, १६ र १८ गते तीन खेलको एक दिवसीय खेल्ने तालिका छ । त्यसपछि एक दिवसीय शृंखला हुने छ । पहिलो खेल चैत २१ मा हुने छ । दोस्रो खेल चैत २३ र अन्तिम खेल २५ गते हुने क्यानले जनाएको छ । 

 

प्रतिक्रिया