गौर हत्याकाण्डको सत्र वर्ष पुरा, मृतकका परिवार अझै न्यायको पर्खाईमा

२७ जना मारिने गरी गौर काण्ड भएको आज १७ वर्ष पुगेको छ । सो अवधिमा देशमा थुप्रै परिवर्तन भएपनि २७ मृतकका परिवार अझै न्याय पाएका छैनन । गत साउनमा सरकारले पीडित संघर्ष समितिसँग पाँचबुँदे सहमति गरेपछि न्याय पाउने आशा परिवारजनमा जागेपनि त्यसमा ठोस प्रगति भएको छैन । गौर घटनाबारे २०६४ चैत २८ मा जिल्ला प्रहरी कार्यालय रौतहटमा कर्तव्य ज्यानसम्बन्धी जाहेरी दर्ता भए पनि हालसम्म कसैलाई कारबाही नभएको पीडित परिवारको गुनासो छ ।  घटनाको स्थालगत अध्यनपछि राष्ट्रिय मानवअधिकार आयोगले १० पृष्ठ लामो प्रतिवेदन तयार पारेर सरकारलाई बुझाइसकेको छ । प्रतिवेदनले घटनाका कारण र दोषी औंल्याएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा १ सय ३० जनालाई दोषी भनिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले २०७९ पुस १९ गते गरेको निर्णयअनुसार पनि घटना पूर्वनियोजित, मनशाययुक्त र क्रूर तरिकाबाट गराइएको थियो । २०६३ चैत ७ गते रौतहट सदरमुकाम गौरमा माओवादीका २७ जना कार्यकर्ताको निर्मम ढंगले हत्या भएको थियो । हत्याकाण्डमा रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एक÷एक गरी २७ माओवादी कार्यकर्ताको हत्या भएको थियो । 

प्रतिक्रिया