गाजाको शरणार्थी शिविरमा आक्रमण हुँदा २७ जनाको मृत्यु

इजरायली सेनाले गाजास्थित नुसिराट शरणार्थी शिविरमा आक्रमण गरेको छ। आक्रमणमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ । आक्रमणमा ठूलो संख्यामा सर्वसाधारण घाइते भएका छन् । घाइतेहरुलाई अल–बालाहको अल–अक्सा सहिद अस्पतालमा भर्ना गरिएको छ । गाजामा भोकमरीका कारण मृत्यु हुने नवजात शिशुको संख्या बढ्दै गइरहेको विश्व स्वास्थ्य संगठन ले जनाएको छ । पोषणको कमीले कम तौलका बच्चा जन्मिरहेका कारण मृत्युको संख्या बढिरहेको स्वास्थ्यकर्मीको भनाइ छ । खाद्य संकटका विच बेलायतले गाजामा २ हजार टन खाद्यान्न सहयोग पठाएको छ । करिब २ लाख ७५ हजार मानिसलाई खुवाउन सक्ने खाद्यान्न विश्व खाद्य कार्यक्रमले वितरण गर्ने बताइएको छ । 

प्रतिक्रिया