पेरिस ओलम्पिकमा रुस र बेलारुसका लागि झन्डा र राष्ट्रियगान प्रतिबन्ध

पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोहमा रुस र बेलारुसलाई सहभागी हुन नपाउने भएका छन । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले दुबै देशका खेलाडीलाई ओलम्पिकको उद्घाटन समारोह अन्तर्गत टिम परेडमा सहभागी नगराउने निर्णय गरेको हो । युक्रेनमाथिको आक्रमणका कारण दुवै देशका खेलाडीलाई प्रतिबन्ध लगाइएको हो । यद्यपि खेलाडीहरूलाई रसिया र बेलारुसको झण्डामुनि नभइ ओलम्पिकमा छनोट भएका खेलाडीलाई न्युट्रल रूपमा सहभागिता जनाउन भने पाउने आईओसीले जनाएको छ । खेलाडी समापन समारोहको सहभागिता हुन नहुने तय भने पछि गरिने जनाइएको छ । पेरिस ओलम्पिकमा ३६ रुसी र २२ बेलारुसी खेलाडीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । यसअघि भएको टोकियो ओलम्पिकमा रुसका ३ सय ३० र बेलारुसका १ सय ४ खेलाडीले भाग लिएका थिए । उनीहरू तटस्थ रूपमा ओलम्पिकमा सहभागी हुनेछन् । उनीहरुले ओलम्पिकमा झण्डा, लोगो तथा आफ्नो देशको राष्ट्रिय गीतबिना प्रतिस्पर्धा गर्ने छन ।  दुवै देशका खेलाडीहरूलाई २०२२ देखी अन्तर्राष्ट्रिय सहभागिता बन्द गरिएको थियो । रुसले युत्रेनमाथि २०२२ मा आक्रमण गरेयता खेलकुदमा समेत रसिया र बेलारुसलाई प्रतिबन्ध लागेको हो । पेरिस ओलम्पिकको उद्घाटन इतिहासमा पहिलो पटक उद्घाटन स्टेडियममा नभएर सिन नदीमा आयोजना गरिँदैछ । उदघाटन समारोहमा करिब ३ लाख दर्शक उपस्थित हुने अनुमान छ । 

प्रतिक्रिया