युक्रेनी सेनाद्धारा रुसी सेनामा भर्ना भएका ५ नेपाली युद्धबन्दीसहित ८ जनालाई सार्वजनिक

काठमाडौं । युक्रेनी सेनाले रुसी सेनामा भर्ना भएका ५ नेपाली युद्धबन्दीसहित ८ जनालाई सार्वजनिक गरेको छ । युक्रेनी थुनामा रहेका युद्धमध्ये शुक्रबार ५ नेपाली युवासहित ८ जनालाई सार्वजनिक गरेको हो । अन्य तीनमा क्युबा, सोमालिया र सियरा लियोनका एक÷एक जना रहेका छन् । युक्रेनी सेनाले रुसी सेनामा भर्ना हुनबाट आफ्ना नागरिकलाई रोक्नसमेत अन्य देशहरुसँग आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । युक्रेनले अन्य देशहरुले आफ्ना नागरिकलाई विदेशी सेनामा भर्ना नगराऊन् र उनीहरु पनि सचेत हुन् भनेर युद्धबन्दीलाई सार्वजनिक गरेको उल्लेख गरेको छ । युक्रेनमा राजापुर नगरपालिका–१ बर्दियाका विवेक खत्री, मण्डनदेउपुर नगरपालिका–६ काभ्रेका सिद्धार्थ ढकाल, लेटाङ–२ मोरङका विकास राई, दाङका प्रतिक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछानेलाई बन्दी बनाइएको छ ।

प्रतिक्रिया