इन्डियन वेल्स टेनिसको उपाधि कार्लोस अल्कारेजलाई

स्पेनिस कार्लोस अल्कारेजले इन्डियन वेल्स टेनिसको उपाधि रक्षा गरेका छन ।  आज विहान भएको खेलमा रुसी प्रतिद्वन्द्वी ड्यानिल मेदभेदेवलाई सोझो सेटमा हराउँदै उनले उपाधि जितेका हुन । २० वर्षीय अल्कारेजले मेदभेदेवलाई ७–६ र ६–१ ले पराजित गरेका हुन । अघिल्लो वर्षको फाइनलमा पनि  अल्कारेजले मेदभेदेवलाई हराएका थिए । अल्कारेजले गत जुलाईमा विम्बल्डनको उपाधि जितेका थिए । उनी गोली गाँठोको चोटका कारण लामो समयपछि कोर्टमा फर्केका हुन । विम्बल्डनका अतिरिक्त उनले अर्को ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपनको उपाधि पनि जितेका छन् । 

प्रतिक्रिया