विश्व उपभोक्ता दिवस, खरिददेखि गुणस्तरसम्म दैनिक नागरिक ठगिदै

‘स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार’ भन्ने मूल नाराका साथ नेपालमा पनि ४१ औँ विश्व उपभोक्ता अधिकार दिवस आज मनाइँदै छ । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाइने गरिएको छ ।  दिवसका अवसरमा सरोकारवाला निकायले उपभोक्ताको अधिकारसम्बन्धी कार्यक्रम आयोजना गरेका छन । सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सुरक्षा, सूचना, छनोट र सुनुवाइ उपभोक्ताका चार अधिकार भएको घोषणा गरेका थिए । त्यसै दिनको सम्झनामा ‘विश्व उपभोक्ता अधिकार दिवस’ मनाउन थालिएको हो । दिवस मनाइरहदा अति आवश्यकीय उपभोग्य वस्तु चामल, दलहन गेडागुडी, आँटा, मैदा, चिनी, जिरालगायतका वस्तुको उच्चदरमा मूल्य वृद्धि भएपछि निम्न तथा मध्यम वर्गका उपभोक्ता मारमा छन् । उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालो बजारीले उपभोक्ता भने सधैँ मारमा पर्ने गरेका हुन ।  बाणिज्य विभागको नेतृत्वमा चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो आठ महिनामा तीन हजार २९१ वटा व्यावसायिक फर्मको अनुगमन गरेको छ । जसमा ८३८ वटालाई पाँच हजारदेखि तीन लाख रुपियाँसम्म जरिबाना गरिएको छ । जसबाट सो अवधिमा तीन करोड १९ लाख हजार १३ हजार रुपियाँ जरिबानाबापत राजस्व सङ्कलन भएको छ । अनुगमनका क्रममा ६४ व्यावसायिक फर्मबाट म्याद नाघेका एक करोड पाँच लाख बराबरका सामान नष्ट गरिएको छ ।। 

प्रतिक्रिया