उदयपुरमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ७ जना घाइते

उदयपुरमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । धरानबाट भोजपुरको चुहार जाँदै गरेको को १ ज २५९३ नम्बरको जीप बेलका नगरपालिकाको मैनामैनी नजिकै दुर्घटना भएको हो । जीपमा रहेका चौध मध्ये ७ यात्रु गम्भीर घाइते छन ।  घाइतेलाई उद्धार गरेर उपचारका लागि विराटनगर पठाइएको छ । मृत्यु हुनेमध्ये चालक मानबहादुर बस्नेत बाहेक अन्यको पहिचान खुलेको छैन । जीपमा रहेका अधिकांश यात्रु भोजपुरकै आमचोक र हतुवागढी गाउँपालिकाका रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया