गाजापट्टीमा रहेको राष्ट्रसंघको सहायता केन्द्रमा इजरायलको आक्रमण

इजरायलले हमास नियन्त्रित गाजापट्टीको रफाह शहरस्थित संयुक्त राष्ट्रसंघको सहायता केन्द्रमा आक्रमण गरेको छ । आक्रमणमा एक जना कर्मचारीको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन।  प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसंघको सहायता एजेन्सीले खाद्यान्न वितरण केन्द्रमा इजरायली सेनाले आक्रमण गरेको जनाएको हो । एजेन्सीका प्रमुख फिलिप लाजारिनीले आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानूनको अवहेलना भनेका छन । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाएको छ । इजरायली सेनाले भने हमासका कमाण्डरलाई लक्षित आक्रमण गरेको दाबी गरेको छ । हमासका लडाकु मोहम्मद अबु हसनालाई लक्षित गरेर सो सहायता केन्द्रमा कारवाही गरिएको उसको दाबी छ । इजरायलको आक्रमणपछि करिव १५ लाख मानिस अहिले रफाह शहर आसपास बस्दै आएका छन । अक्टोबर सात यता इजरायली आक्रमणमा ३२ हजार प्यालेस्टाइनीको मृत्यु भैसकेको छ भने साठी हजार भन्दा धेरै घाइते भएका छन । 

प्रतिक्रिया