मैत्रीपुर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टोली मलेसियामा

नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि मलेसिया पुगेको छ ।शुक्रबार हुने अनौपचारिक मैत्रीपूर्ण खेलका लागि नेपाली टोली आज विहान मलेसिया पुगेको हो । शुक्रबार हुने खेलका लागि टोलीले आज प्रशिक्षण गर्नेछ । मलेसियाविरुद्ध खेलबाट बहराइनसँगको छनोट खेलको तयारीका रुपमा लिइएको छ । प्रतियोगिताका क्रममा एन्फाले टोलीमा कुनै भूमिका नरहेका १० पदाधिकारीलाई मलेसिया भ्रमणमा लगेपछि खेलकुद मन्त्रालयले कारवाही प्रक्रिया अघि बढाएको छ । नेपाली टोली मलेसियासँग मैत्री खेल र केही अभ्यासपछि विश्वकप छनोट खेल्न बहराइन जाने एन्फाले जनाएको छ । नेपालले विश्वकप छनोट अन्तर्गत बहराइनसँगको दुवै खेल बहराइनमै खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेल्न योग्य नभएकोले नेपालले होम र अबे दुवै खेल बहराइनमा खेल्न लागेको एन्फाले जनाएको छ । नेपालले बहराइनसँग पहिलो खेल चैत ८ गते र दोस्रो खेल चैत १३ गते खेल्नेछ । विश्वकप छनोटअन्तर्गत एसियाको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा हार खेपेको छ । नेपाल पहिलो खेलमा संयुक्त अरब इमिरेट्स युएई सँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोलले पराजित भएको थियो ।। 
 

प्रतिक्रिया