युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने अमेरिकाको घोषणा

अमेरिकाले युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने भएको छ । सैन्य सहयोगको रुपमा अमेरिकाले युक्रेनलाई ३ सय मिलियन अमेरिकी डलर अर्थात करिब ४० अर्ब रुपैयाँ दिने भएको हो । युक्रेनलाई स्ट्रिन्जर एन्टी एयरक्राफ्ट मिसाइल, आर्मर सिस्टमलगायतका सैन्य उपकरण अमेरिकाले रक्षा मन्त्रालयमार्फत दिने भएको हो । युक्रेनसँग हातहतियारको अभाव भएको खबर सार्वजनिक भएकै समयमा अमेरिकाले युक्रेनलाई थप रकम दिने तयारी गरेको हो । युक्रेनलाई सहयोग रकम दिने बारे अमेरिकामै मतभेद छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले थप रकम निकासाको बाटो खोल्न कंग्रेसले निर्णय गर्नुपर्ने बताउँदै आएका छन । अमेरिका सहितको नेटोको आडमा रसियाविरुद्ध युक्रेन लडिरहेको छ । 
 

प्रतिक्रिया