पाँच नेपाली युवाद्वारा रुस युक्रेन युद्धवाट उद्धार गर्न भारतसँग आग्रह

काठमाडौं । पाँच नेपाली युवाले रुस युक्रेन युद्धमा आफुहरु फसेको भन्दै निकालिदिन भारत सरकारसँग अनुरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश सार्वजनिक गर्दै पाँच नेपाली युवाहरूले आफूलाई त्यहाँबाट निकालिदिन भारत सरकारसँग आग्रह गरेका हुन । उनीहरूले आफूहरूलाई स्वदेश फिर्ता गर्न सरकारबाट कुनै सहयोग नभएको र नेपाली राजदूतावासले पनि चासो नदिएको बताएका छन् । 
रुस युक्रेन युद्धमा परेका नेपालीहरुले आफूसँगै रहेका तीन भारतीय नागरिकहरूलाई भारत सरकारले फिर्ता लगेपछि आफूहरुलाई पनि त्यहाँबाट निकालिदिन नेपाली युवाहरूले भारत सरकारसँग आग्रह गरेका हुन । उनीहरूले आफूलाई एजेन्टले झुक्काएर रूसी सेनामा भर्ती भएको बताएका छन । रसियन सेनामा जाने र त्यहाँ सहयोगीको रूपमा काम गर्नुपर्ने भनिएपछि युद्धमा पठाइएको भिडियोमा उल्लेख छ । उनीहरूले आफूहरूसँगै ३० जना नेपाली त्यहाँ पुगेको तर अहिले पाँच जना मात्रै बाँकी भएको बताएका छन । 

प्रतिक्रिया