वचतकर्ताको रकम अपचलन गरी पर्वतका दुई सहकारीका व्यवस्थापक विदेशमा बेपत्ता

काठमाडौं । बचतकर्ताको रकम ठगेर  विदेश फरार भएका  सहकारी सञ्चालकहरुलाई ‘रेडकर्नर नोटिस’ जारी गरिदिन पीडितले प्रशासनसँग गुहारेका छन् । पर्वतको कुश्मास्थित ‘तपाई हाम्रो सहकारी संस्था’ ग्रामीण विकास सहकारी संस्था  र माता पाथी भरा सहकारी संस्थाका सञ्चालकहरु बचत कर्ताको पैसा हिनामिना गरेर अमेरीका अस्टे«लीया लगायत मुलुक पुगेको भन्दै उजुरी दिएका हुन । बचत हिनामिना गरेका सहकारी सञ्चालकहरुलाई पक्राउ गरी लगानी उठाएर बचत फिर्ता गराउन सहकारी पिडीतहरुको माग रहेको छ । 
सहकारी  सञ्चालक र कार्यसमितिको भरमा हुँदा बचतकर्ता र शेयरधनीले रकम कहाँ कसरी खर्च भएको छ भन्ने जानकारी समेत पाएका छैनन । पवर्त प्रहरीले सहकारी ठगी गरेर भागेकालाई प्रक्रिया पु¥याएर ‘डिफ्युजन नोटिस’ र रेडकर्नर नोटिस जारी गर्ने पहल भईरहेको  जनाएको छ । 
समस्यामा रहेका सहकारीहरुले विशेष साधारणसभा गरेर बचतकर्ताको रकम फिर्ताको प्रक्रिया थाल्न प्रशासनले आग्रह  गरेको  छ । विषेश साधारण सभा गरेर लगानी उठाउने बचत कर्ताको रकम फिर्ता गराउने प्रकृया थाल्न प्रशासनले निर्देशन दिएको हो । 
पर्वतमा तीन सहरकारीका  सञ्चालकहरुले बचत कर्ताको ५५ करोड रुपैयाँ रकम ठगी विगो दावी गरीएको छ । जसमा  ३४ जना फरार रहेका छन भने ६ जना पक्राउ परेर पुपक्षको लागि  कारागार चलान भएका हुन ।
 

प्रतिक्रिया