घाटबेशीवाट त्रिशुलीमा बस खस्दा ७ जना यात्रुको मृत्यु

३७ जना यात्रुको जिवितै उद्धार

धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट त्रिशुली नदीमा बस खस्दा सात जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा छ जना पुरुष र एकजना महिला रहेका छन । मृतकको पहिचान खुल्न बाँकी रहेको छ । दुर्घटनामा परेको बसमा रहेका ३७ जनाको जीवित उद्धार गरिएको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ बस नम्बर बस त्रिशुलीमा खसेर दुर्घटना भएको हो । बसका यात्रुलाई सशस्त्रको आदमघाटमा रहेको टोलीले उद्धार गरेर अस्पताल पु¥याएको हो । घाइतेमध्ये गम्भीर अवस्थाका दश जनालाई काठमाडौं ल्याइएको छ । बस चालक रुपन्देहीको लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस बिहान ४ बजेतिर त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । बसमा ५१ जना यात्रु रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । तर यात्रुहरुले भने तिब्र गतिका कारण अनियन्त्रित भइ बस त्रिशुलीमा बसेको बताएका छन । यसैविच प्रधानमन्त्री पुष्पकमल दाहाल ले धादिङको गजुरीमा भएको बस दुर्घटनाको उद्दार र उपचारका लागि प्रभावकारी काम गर्न निर्देशन दिएका छन् । सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ले उद्दार र उपचारको काम प्रभावकारी बनाउने प्रशासन संयन्त्रलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालले दुर्घटनामा मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन । 
 

प्रतिक्रिया