रियल सोसिडाडलाई हराउदै पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

पेरिस सेन्ट जर्मेन पिएसजी र बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।गएरातिको खेलमा पीएसजीले सोसिडाडलाई २–१ गोल अन्तरले हराएको हो । पीएसजीका लागि केलियन एमबाप्पेले दुई गोल गरे भने सोसिडाडका लागि मारिनोले एक गोल फर्काए । रियल सोसिडाडमाथि समग्रमा ४–१ गोल अन्तरले पराजित गर्दै पीएसजी अन्तिम आठमा पुगेको हो । गएराति नै भएको अर्को खेलमा खराब लयबाट गुज्रिएको बायर्न म्युनिखले लाजियोलाई ३–० गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको छ । ब्रायनका लागि ह्यारी केनको दुई गोल तथा थोमस मुलरले एक गोल गरे । पहिलो लेगमा १–० ले हारेको बायर्नले समग्रमा ३–१ को जित दर्ता गरेको हो । प्रतियोगिता अन्तर्गत राउन्ड अफ १६ का थप दुई खेल आज राति हुँदैछ । आजको खेलमा रियल मड्रिड र लेइपजिङ तथा म्यास्चेस्टर सिटी र कोपनहेगन भिड्दैछन् । क्वाटरफाइनलको ड्र मार्च १५ मा हुनेछ ।

प्रतिक्रिया