बारा वर्कसप विस्फोट घटनामा थप दुईजना पक्राउ

बाराको निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने कारखानामा एक साता अगाडि भएको विस्फोट घटनामा दोषी देखिएको आंशकामा प्रहरीले धनुषाबाट दुईजना पक्राउ गरेको छ । प्रहरीले धनुषा गणेशमान चारनाथ नगरपालिका २ स्थित न्यु शिव स्क्र्यापका संचालक सर्लाही चक्रघट्टा गाउँपालिका १ निवासी वर्षीय ४१ शिवशंकर साह र कवाडी सङ्कलन सर्लाही ईश्वरपुर नगरपालिका– ७ निवासि ४६ वर्षीय बिल्टु महत्वलाई प्रहरीले पक्राउ गरेको हो । यो संगै पक्राउ पर्नेको सख्या पाँच पुगेको छ । प्रहरीले यसअगि निजगढ ९ मा कवाडी संचालन गरि बसेका भारत मोतिहारी घर भएका भारतीय नागरिक राज भनिने रमेश जैसवाल, कवाडीको सामान बोक्ने ना ५ ख ९७२७ ट्रक चालक निजगढ नगरपालिका–९ स्याक्तान टोलका ४२ वर्षिय बासु तामाङ्ग र सोही ठाँउका सहचालक २५ वर्षिय टिकाराम पाख्रिन पक्राउ परेका थिए । उनीहरुलाई जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ । ग्यारेजमा भएको विस्फोटमा परी तीनको मृत्यु भएको थियो भने तीनजना घाइते छन । निजगढ नगरपालिका– ९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छरु। जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए । लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो । 

प्रतिक्रिया