फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक नेपाल भित्रिए

सन् २०२४ फेब्रुअरीमा विभिन्न देशबाट आउने पर्यटकको संख्या ३३ प्रतिशतले बढेको छ । पर्यटन बोर्डका  अनुसार सन् २०२३ को फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२४ को सोही समयमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए । फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ देखि लगातार सङ्कटमा रहेको पर्यटन क्षेत्रमा सन् २०२३ देखि क्रमिक सुधार हुँदै आएको छ । सन् २०२३ को तुलनामा सन् २०२४ को फेब्रुअरीमा भारतबाट आउने पर्यटकको संख्या ३९ प्रतिशतले वृद्धि भएको हो । भारतको आर्थिक वृद्विमा देखिएको सुधार, निजी क्षेत्रबाट भएको पर्यटन प्रवर्धन, धार्मिक सम्बन्धलगायतका कारण नेपाल भित्रिने पर्यटको आगमनमा सुधार देखाएको हो ।  भारतपछि सबैभन्दा बढी चीनबाट नौ हजार १८०, अमेरिकाबाट नौ हजार, थाइल्यान्डबाट चार हजार ७९९, बेलायतबाट चार हजार ५७१, बङ्गलादेशबाट चार हजार ९९, श्रीलङ्काबाट तीन हजार ६८४ जना पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा विदेशबाट नेपाल घुम्नका लागि ७९ हजार एक सय पर्यटक हवाई माध्ययमबाट नेपाल आएको बोर्डको तथ्याङ्कले देखाएको छ । सन् २०२३ मा १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । 
 

प्रतिक्रिया