एक सातामा १५ जिल्लाका २२ वटा वनमा डढेलो

पछिल्लो एक सातामा १५ जिल्लाका विभिन्न २२ वटा वनमा डढेलो लागेको प्रकाशमा आएको छ । गर्मीयाम सुरु भएसँगै वनमा डढेलोका घटना बढेका हुन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिमाली जिल्ला मुस्ताङको जङ्गलमा समेत डढेलो लगेको छ । मुस्ताङसँगै ताप्लेजुङ, तेह्रथुम, ओखलढुङ्गा, सर्लाही, रसुवा, काठमाडौँ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, रोल्पा, प्युठान र बाँके जिल्लामा पर्ने जङ्गलमा आगलागी भएको प्राधिकरणले जनाएको छ । लामो खडेरी, उच्च वेगको हावाहुरी र अत्यधिक गर्मीका कारण उक्त अवधिमा डढेलोको जोखिम धेरै हुने गरेको छ । डढेलोका घटनामध्ये ९६ प्रतिशत मानवीय कारण, एक प्रतिशत प्राकृतिक कारण हुने गरेको विज्ञ बताउछन । वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । डढेलोबाट वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी हुने गरेको छ  ।डढेलोका घटनामध्ये ८० प्रतिशतभन्दा बढी मध्य फागुनदेखि मध्य वैशाखसम्म हुने गरेको तथ्यांकले देखाउछ । 
 

प्रतिक्रिया