संसद् परिसरमा प्रवेश गर्ने लघुवित्त पीडितमाथि मुद्दा चल्ने, संसद् भवन-सिंहदरवार छेउको पेटीबाट हिँडन निषेध

सुरक्षा घेरा तोडेर नयाँ वानेश्वरस्थित संसद्रु परिसरमा प्रवेश गरी नाराजुलुस गर्ने लघुवित्त पीडितमाथि मुद्दा चल्ने भएको छ । जिल्ला सुरक्षा समिति काठमाडौंको आज बसेको बैठकले हिजो संसद भवनबाट पक्राउ परेका ४९ जनालाई मुद्दाको कारबाहीमा लैजाने निर्णय गरेको हो । कुन कसुरमा मुद्दा चलाउने भन्ने विषयमा सरकारी वकिलसँग छलफलपछि टुंगिने बताइएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा हिजो प्रवेश गरी नाराजुलुस गरेका लघुवित्त पीडितहरु अहिले पनि प्रहरीको नियन्त्रणमा रहेका छन । उनीहरुलाई काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा थुनामा राखिएको बताइएको छ । यसैगरी, सुरक्षा समितिले संसद् भवन, राष्ट्रपति, उपराष्ट्रपति निवास र सिंहदरवार छेउको पेटीबाट हिँडन निषेध गर्ने निर्णय गरेको छ । विपरीत तर्फको पेटी भने प्रयोग गर्न पाइनेछ । ती क्षेत्रका गस्ती र सुरक्षा जाँच बढाउने निर्णय भएको छ । यस्तै, सिंहदरवार प्रवेशका लागि गृह मन्त्रालयले छुट्टै मापदण्ड र प्रविधिसहितको सुरक्षा व्यवस्था मिलाउने निर्णय समेत समिति बैठकले गरेको छ ।

प्रतिक्रिया