प्रभु बैंकको डेपुटी सिइओ मनोज न्यौपाने पक्राउ

प्रभु बैंकका नायव कार्यकारी अधिकृत ‘डेपुटी सिइओ’ मनोज न्यौपाने पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीको टोलीले न्यौपानेलाई आज पक्राउ गरेको हो । ऋण  प्रबाहमा कमजोरी देखिएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीसँगै अन्य ९ जनालाई पनि पक्राउ परेका छन । देउराली सहकारीका नाममा ९६ करोड रुपैया ऋण विना धितो प्रवाह गरेर हिनामिना गरेको प्रहरी श्रोतको दाबी छ । उनी २०७८ असारमा सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । प्रभु बैंकसँग सेञ्चुरी मर्जर भएपछि उनी बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भएका हुन । न्यौपाने पूर्व प्रधानमन्त्री माधव नेपालको भाञ्जा हुन् ।

प्रतिक्रिया