आज ४२ औँ राष्ट्रिय मगर एकता दिवस

देशैभरका मगर समुदायले आज ४२ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेकोस्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शन लगायत कार्यक्रम हुँदैछन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ । दिवसका अबसरमा नवलपरासी का आठवटै पालिकालेसार्वजनिक बिदा दिएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसंख्याको छ दशमलव नौ प्रतिशत हुन आउँछ । 

प्रतिक्रिया