मिटरब्याज पीडितले आज सिंहदरबारसम्म मार्चपास गर्ने

तेइस दिन पैदल हिँडेर मिटरब्याज पीडितहरू बुधबार साँझ काठमाडौं आइपुगेका छन । मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चका लागि भन्दै उनीहरु बुधवार बेलुकी नागढुङ्गा हुँदै काठमाण्डौ प्रबेश गरेका हुन । गएराति काठमाडौंको त्रिभुवन पार्कमा बास बसेको टोलीले आज सिंहदरबार घेराउ गर्ने गरी अघि बढ्ने मिटरब्याजपीडित संर्घष समितिले जनाएको छ । भृकुटीमण्डप क्षेत्रमा बास बसेर भोलिदेखि त्यस वरपर प्रदर्शन, धर्नालगायत कार्यक्रम गर्ने समितिले जनाएको छ । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरुका माग छन् । सरकारले समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण फेरि हिँडेर काठमाण्डौसम्मको यात्रा गर्नुपरेको मिटरब्याज पीडित संघर्ष समितिले जनाएको छ । पीडितहरुले माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए । त्यसपछि फागुन ३ गते चितवनको नारायणगढमा भेला भएर काठमाण्डौ आएका हुन । सरकारले झण्डै २८ हजार उजुरी लिएको आयोगले ५ हजार उजुरीमा मिलापत्र गराएपनि पीडितले अझै न्याय पाएका छैनन ।। 
 

प्रतिक्रिया