पैदल यात्रा गरी आएका देशभरका मिटरब्याजी पीडितहरू काठमाडौंमा

देशभरका मिटरब्याजी पीडितहरू काठमाडौं आइपुगेका छन् । उनीहरुले न्याय नपाएको भन्दै न्याय मार्च नाम दिएर पूर्वपश्चिम पैदल यात्रा गरी काठमाडौं प्रवेश गरेका हुन् । उनीहरु भरतपुरमा एकीकृत भई निर्णायक आन्दोलनका लागि काठमाडौंमा आएका हुन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए । १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए । मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन् । पीडितहरुले फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत माग राखेका छन् । लघुवित्तीय संस्थाहरुले ज्यादती र चर्को ब्याज असुल गरेकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ । 
यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याजी पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आएका थिए । पीडितहरुको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गरेपनि अवस्था नसुल्झिएपछि उनीहरु पुनः आन्दोलित भएका हुन् ।
 

प्रतिक्रिया