नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुलाई सफाइ दिनुहुँदैन: प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुलाई सफाइ दिनु नहुने बताएका छन । आज प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा उनले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुलाई सफाइ दिनु नहुने उल्लेख गरेका हुन । सांसद सुवालले भारतले नेपाललाई सुक्ष्म व्यवस्थापनका लागि सहयोगको नाममा हात हालिरहेको भन्दै यसतर्फ ध्यानाकर्षण गराए । 
सांसद सुवालले नेपाल स्काउट र रेडक्रसमा भएको भ्रष्टाचार छानविन गर्नपनि माग गरे । नेपाली काँग्रेसका सांसद दीपक खड्काले आफूले विधिसम्मत ढंगले नेपाल स्काउटको संरचना भाडामा लिएको दाबी गरे । 
सांसद खड्काले १० वर्षपछि पुनः टेण्डरमार्फत सबै प्रक्रिया पूरा गरेर भाडामा लिएको भएपनि आफ्नो चरित्र हत्या गरिएको दाबी गरे । रास्वपा सांसद डा. तोसिमा कार्कीले भैँसेपाटीस्थित संघीयमन्त्री निवास वरपरको बाटो व्यवस्थित बनाउन सरकारसँग माग गरिन । 
सांसद कार्कीले सडक दुर्घटनाको सम्भावनालाई ध्यानमा राखेर पनि सरकारले सो मन्त्री निवास वरपरको बाटोको उचित व्यवस्था गर्नुपर्ने बताइन । 

प्रतिक्रिया