रास्वपाको राष्ट्रव्यापी दबाब अभियानअन्तर्गत लुम्बिनीमा प्रदर्शन

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राष्ट्रव्यापी दबाब अभियानअन्तर्गत बुधबार लुम्बिनीमा प्रदर्शन गरेको छ । मिसन असी अन्तर्गत विभिन्न एक्काईस वटा अलपत्र आयोजनाहरु निर्माण तत्काल थाल्न, पर्याप्त बजेट विनियोजन गर्न र समयमा नै काम सम्पन्न गर्न दबाब दिने उद्देश्यले अभियान थालेको रास्वपाको भनाइ छ । आज रास्वपाले रुपन्देहीमा निर्माणाधीन लुम्बिनी विकास गुरुयोजना निर्माणका लागि दबाब ¥याली निकालेको हो । ¥यालीमा सभापति रवि लामिछानेसहितका नेताहरुको उपस्थिति थियो । गुरु योजनाका लागि पहुँच मार्ग निर्माण गर्न २०७७ सालमा ३ अर्ब रुपैयाँको ठेक्का लागे पनि बजेट अभावमा काम सम्पन्न हुन नसकेको बुझाइ रास्वपाको छ । सो सडक बनाउन हालसम्म साढे २ अर्ब रुपैयाँ खर्च भइसकेको छ । साडे ७ अर्बको स्रोत सुनिश्चित गर्दै २०७७ सालमा विकास गुरुयोजनाको काम अघि बढे पनि सरकारले वास्ता नगरेको रास्वपाको आरोप छ । रास्वपाले यसअघि मेलम्ची खानेपानी आयोजनाको काम तत्काल सम्पन्न गर्दै काठमाडौंलाई नियमित खानेपानी उपलब्ध गराउन सिन्धुपाल्चोक नै पुगेर दबाब ¥याली गरेको छ । 

प्रतिक्रिया