ठगि, भ्रष्टाचार गर्नेहरुलाई समात्दा वक्तव्यबाजी र राजनीतिक दबाब नदिन गृहमन्त्रीको आग्रह

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जालसाझी, ठगि, भ्रष्टाचार गर्नेहरुलाई समात्दा वक्तव्यबाजी गर्ने र राजनीतिक दबाब दिने काम नगर्न आग्रह गरेका छन । आज अध्यागमन विभागको ई.भिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको शुभारम्भ गर्दै उनले गृहको काममा सरोकारवालाले प्रश्न उठाएको भन्दै असन्तुष्टि जनाएका हुन । मन्त्री श्रेष्ठले  भ्रष्टाचार गर्नेहरुलाई नसमातेर सडक पेटीमा व्यापार गर्नेहरु, गरिव सुकुम्वासीलाई समात्ने हो ? भन्दै प्रश्न समेत गरे । 
उपप्रधानमन्त्री श्रेष्ठले सरकार सुशासनसको पक्षमा अघि बढ्दा व्यवधान निकाल्न नहुने कुराको खबरदारी गर्न सचेत गराए । उनले केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्ने र प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने पक्षमा रहेको जानकारी समेत दिए । मन्त्री श्रेष्ठले नेपाल प्रहरी ऐनको विधेयक तयार भइसकेकाले अब मन्त्रीपरिषद्बाट पास गरी संसदमा दर्ता गर्ने तयारी मन्त्रालयले गरिरहेको पनि बताए । निर्वाचन ऐनको विधेयक करिव सकिसकेकाले संसदमा पठाउने तयारी भइरहेको मन्त्री श्रेष्ठले बताए ।  स्थानीय प्रशासन ऐन, सशस्त्र प्रहरी बल, नेपालको ऐन पनि मस्यौदाको प्रक्रियामा रहेको उनको भनाइ थियो । अध्यागमन विभागले ईरु–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवा सुरु भएको हो । बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान गर्न ई–भिसा लागू गर्न लागेको विभागको भनाइ छ । अब नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हट्ने विभागको भनाइ छ । यो भिसा प्रणाली लागु भएसँगै विदेशी नागरिकले जुनसुकै स्थानबाट भिसाका लागि आफैँ आवेदन  गर्न सक्नेछन् । 
 

प्रतिक्रिया