काम गर्ने तरिका बदलेर परिणाम निकाल्न सरकारलाई सांसदहरुको आग्रह

प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा आज प्रमुख दलका नेताहरुले सम्बोधन गदै संबिधान कार्यान्वयन र सरकारका कार्यशैलीमा प्रश्न उठाएका छन । बैठकलाई सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैले काम गर्ने तरिका बदल्नुपर्ने बताए । निर्देशन मात्रै दिने तर आफू स्वयंले भने काम गर्ने तरिका नबदल्ने हो भने फरक परिणामको अपेक्षा गर्नेकुरा मुर्खता शिवाय अरु केही नहुने महामन्त्री थापाको भनाई छ । 
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले वर्तमान सरकारबाट नेपाली जनताले आशा गर्ने कुनैपनि ठाउँ नरहेको आरोप लगाए । 
नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले गरेको कामलाई राजनीतिक रङ दिनु नहुने बताए । 
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक पीडित मैत्री हुनुपर्ने बताए । 
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने बताए । 
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे संसदको चालु अधिवेशनमा संघीयता कार्यान्वयनका लागि बल पु¥याउने विधेयकहरु संसदमा पेश गर्न सरकारलाई आग्रह गरे । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता बोक्नेहरूलाई  पनि अहिले प्रदेश संरचना घाँडो भएको बताए । जसपा नेपालका सांसद प्रकाश अधिकारीले तराईलाई मरुभूमिकरण हुनबाट रोक्न सरकारले ध्यान दिनुपर्ने बताए । जनमत पार्टीका सांसद अब्दुल खानले चालु संसद अधिवेशनलाई नैतिकता विहिन बनाउनु नहुने बताए । सांसद अमरेशकुमार सिंह र प्रभु साहले मुलुकको बेथितिको जरो नै सरकार रहेको बताए । 
 

प्रतिक्रिया