साताको अन्तिम दिन सेयर बजारमा उच्च गिरावट

साताको अन्तिम कारोबारको दिन सेयर बजारमा उच्च गिरावट आएको छ ।  नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसुचक ३० दशमलब ९२ अंकले घटेर २ हजार ६७ दशमलब ०१ को बिन्दुमा बजार बन्द भएको हो । बुधबार २१ अंकले घटेको नेप्से आज पनि उच्च अंकले ओरालो लागेको हो । आज ३ सय नौ  कम्पनीको १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १ सय ३९ रुपैयाँको कारोबार भएको हो । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । बुधबार ५ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको ५४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर परेका छन् । आज समाज लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ६.१० प्रतिशतले बढ्ेको छ । यसदिन सामलिङ पावर कम्पनीको सेयर मूल्य ९.४२ प्रतिशतले घटेको छ ।  यसैगरी मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ६.८८ प्रतिशतले घटेको छ । आज १९ कम्पनीको सेयर बढेको छ भने २ सय २६ कम्पनीको घटेको छ । आज १ कम्पनीको कम्पनीको सेयर स्थिर रहेको छ । आज फाइनान्सबाहेक अरु सबै समूहका सूचक घटेका छन् ।। 

प्रतिक्रिया