जग्गा हडपेको आरोपमा उद्योगी अरुण चौधरी पक्राउ

उद्योगपति एवं कांग्रेस सांसद विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले उनलाई आज लैनचौरस्थित निवासवाट नियन्त्रणमा लिएको हो । बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सीआईबीले प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यको नेतृत्वमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान गरिरहेको छ । बाँसबारी छालाजुत्ता कारखानाको दश रोपनी सरकारी जग्गा चौधरी घरानाले हडपेको  प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया