बिश्व शान्तिको कामना गर्दै सोलुमा अन्तर्राष्ट्रिय म्याराथन हुने

बिश्व शान्तिको कामना गर्दै मुनस्टार क्लबले वल्ड पिस अन्तर्राष्ट्रिय म्याराथन कार्यक्रमको आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनमार्फत आगामी कात्तिक ५ गते बाट अन्तर्राष्ट्रिय स्तरमा  महिला तथा पुरुष म्याराथन  हुने आयोजकले बताएकाे छ ।  कार्यक्रमले सोलुखुम्बुको तल्लो भेगमा पनि पर्यटकीय गतिविधि बढाउने र यस क्षेत्रको बिश्वव्यापी प्रचारप्रसार गर्ने क्लवका अध्यक्ष भुवन सिं राइले बताए ।
म्याराथन  सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका -५ सल्लेरी देखि  माप्य दुधकोशी -२ बासाखाली सम्म ४२ किलाेमिटरको हुने छ । प्रतियोगितामा १६ वर्ष माथिका स्वदेशी तथा बिदेशी महिला पुरुषहरुले भाग लिन पाउने छन् ।

 

म्याराथनमा शिर्ष ३ जना बिजेताहरु लाई जनही ३ लाख २ लाख र १ लाख नगद पुरस्कार सहित शिल्ड र प्रमाणपत्र दिइने क्लबका सचिब पुर्ण राइले जानकारी दिए । सान्त्वना पुरस्कार ५ जनालाई जनही ५ हजारका दरले र शिल्ड तथा प्रमाणपत्र समेत दिइने क्लाबको तयारी छ ।   आयोजकले स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्न २१ किलोमीटर लामो म्याराथन राखेको छ जुन खुम्बुपासाङ ल्हामु गाउँपालिका -१ खरिखोला देखि जुभिङ खालिडाडा सम्म हुने बताइएको छ । 
तीन शिर्ष बिजेताहरु लाई २० हजार, १५ हजार, १० हजार सहित सान्त्वना तर्फ एकएक जना महिला पुरुष लाई ५ हजार दिइने छ ।


विभिन्न कारणले रोकिदै आएको कार्यक्रम अब तिव्ररुपले अगाडि बढाउने आयोजक ले बताएको छ ।कार्यक्रम बारे जानकारी दिन आयोजित  पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष , उपाध्यक्ष , सचिब सहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका महाकुलुङका अर्जुन कुलुङ लगायतको उपस्थिति रहेको थियी ।

 

 

 

 

 

प्रतिक्रिया