दोस्रो दिन पनि नेप्सेमा १० अंकले बृद्धि , साढे ४ अर्बको सेयर कारोबार

सेयर कारोबार साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।  आज नेप्से १० दशमलब २६ अंकले बढेर २ हजार १ सय ४ दशमलब ७२ विन्दुमा पुगेको हो ।  नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम पनि तुलनामा बढेको छ ।  आज ३ सय ११ कम्पनीको  १ करोड २३ लाख २२ हजार ७ सय ५ कित्ता सेयर ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २ सय ३० रुपैयाँमा खरिदबिक्री भएका छन । आइतबार  ३ अर्ब  ८३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो । आज ६० करोड रुपैयाँ बराबरको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो । रुरुरुरुरुरुरुयसैगरी नगदी ग्रुपको २३ करोड,हाथवेको १२ करोड,एनआरएन ११ करोड र नेपाल रिइन्स्योरेन्स ९ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ । आज युनियन हाइड्रोपावर,अरुण भ्याली हाइड्रोपावर र मिड सोल हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। गरिमा डिवेन्चरको शेयर मूल्य भने दश प्रतिशतले घटेको छ ।  आज १ सय ५० कम्पनीको मूल्य बढ्दा ८६ वटाको घटेको छ । ११ को कम्पनीको मूल्य स्थिर रहेको छ ।। 

प्रतिक्रिया