थुनुवासहित फरार तत्कालीन प्रहरीजवान १६ वर्षपछि पक्राउ

लागुऔषधका थुनुवालाई भगाइ फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा पथरावुधाम ३ रौतहटका तत्कालीन प्रहरी जवान वीरबल राय यादव रहेका छन । तत्कालीन समयमा एक करोडबाट शुरु गरी १० लाखमा मोलमोलाइ गरी ६ लाख २५ हजार यादवले पाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 
नक्कली चिट बनाइ आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखत समेत गरी हिरासत कक्षबाट हत्कडीसहित बाहिर निकाली भगाएको अभियोगमा यादव पक्राउ परेका हुन । पक्राउ पर्ने यादव हाल भारतको कोलकतामा श्रीमतीसहित बस्दै आएको खुलेको प्रहरीको भनाइ छ । यादवलाई आवश्यक कारबाहीको लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ । उनलाई मुलुकी अपराध संहीता अनुसार कारबाही हुने बताइएको छ ।। 

प्रतिक्रिया