सुनील पौडेल र विकल पौडेल अख्तियारको नियन्त्रणमा

नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट–वे भ्रष्टाचार प्रकरणमा मुछिएका दुबै जनालाई अख्तियारले आज पक्राउ गरेर हिरासतमा राखेको हो । अख्तियारले सुनील र विकलका घरहरुमा छापा मारेर कागजातहरु पनि नियन्त्रणमा लिएको छ । शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा अख्तियार टोलीले छापा मारी कागजात नियन्त्रणमा लिएको हो । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारले दुवै जनालाई भोलि विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।२०८० असोज १५ मा अख्तियारले सुनीलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । २०८० वैशाखमा विकलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैयाँ माग दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि दुवै निलम्बनमा थिए । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका उप–निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र तत्कालीन लेखा अधिकृतहरु निमबहादुर वली र रामबहादुर बुढा तथा कम्प्युटर इन्जिनियर रामशरण गायक अर्थका बजेट महाशाखा प्रमुख मधु मरासिनी सचिव निलम्वन विरुद्द मुद्दा दायर गरेको थियो ।। 
 

प्रतिक्रिया