छोरीलाई बलात्कार र छोराको हत्या गर्ने बाबु पक्राउ

सुर्खेतको पञ्चपुरी नगरपालिकामा छोरीलाई बलात्कार र छोराको हत्या गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय छोरा भरत बुढाको हत्या गर्ने ४५ वर्षीय बुबा नयाराम बुढालाई आज प्रहरीले पक्राउ गरेको हो । उनी टिकापुर–१ लम्किपुरबाट बुढालाई प्रहरीले पक्राउ परेका हुन । बुढाले बन्चरो प्रहार गरी छोराको हत्या गरेका थिए । बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही कारण छोराको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । 

प्रतिक्रिया