मागे संक्रान्ति मेला भर्न श्रद्धालु रिडीमा भक्तजनको घुँइचो

तीन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र गुल्मीको रुरुस्थित रिडीमा मागे संक्रान्ति मेलाको अवसरमा श्रद्धालु भक्तजनको घुँइचो लागेको छ । गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरुक्षेत्र गाउँपालिकाको रिडीमा माघे संक्रान्तिको अवसरमा कालीगण्डकी नदिमा नुहाउने तथा मेला अवलोकन गर्नेहरुको बिहानैदेखि घुँइचो लागेको हो । माघे संक्रान्तिदेखि तीनदिनसम्म कालीगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने  विश्वास छ । मकर सँक्रान्तिको दिन कालीगण्डकीमा स्नान गर्नाले आफुले अन्जानमा गरेका सम्पूर्ण पापहरु नष्ट भई मोक्ष प्राप्ती हुन्छ भन्ने जनविश्वास छ । नेपालकै चारधाम मध्यको एक धामको रुपमा प्रसिद्ध धार्मिक स्थलको रुपमा चिनिएको रुरुक्षेत्रमा स्नान गर्नका लागि नेपालका अन्य जिल्लादेखि भारतबाट समेत भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ । गुल्मीमा विषेशगरि जेठी, माईली र कान्छी गरि तीन दिनलाई मकर सँक्रान्ति पर्व मानेर श्रद्धालुहरु काली गण्डकि नदिमा स्नान गर्न आउने प्रचलन छ । मकर सँक्रान्ति पर्वको अवशरमा आजदेखि छ दिनसम्म रमाईलो मेला समेत सञ्चालन गरिएको छ । 

प्रतिक्रिया