एएफसी एसियन कप फुटबलमा जापानको विजयी शुरुवात

एएफसी एसियन कप फुटबलमा जापानले विजयी शुरुवात गरेको छ । कतारको अल थुमाना स्टेडियममा आज भएको खेलमा जापानले भियतनामलाई ४–२ गोलले हरायो । जापानका तकुमी मिनामिनोले २ तथा केतो नकामुरा र एसे उदेले १÷१ गोल गरे । भियतनामका एनगुएन डिन बाक र फाम टौन हाईले १÷१ गोल गरे । यो जितसँगै जापान २ अङ्कसहित समूह ’डी’ को शीर्ष स्थानमा छ । प्रतियोगितामा आजै राति समूह ’सी’ को खेलमा राति सवा १० बजे यूएई र हङकङ तथा समूह ’सी’ कै अर्काे खेलमा इरान र प्यालेस्टिन खेल्दैछन् । प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् । २४ देशलाई ६ वटा समूहमा विभाजन गरिएको छ ।।

प्रतिक्रिया