नेप्से परिसूचक बढेर २१ सय विन्दुभन्दा माथि, ५ अर्ब ४५ करोडको कारोबार

शेयर बजारमा नेप्से परिसूचक २१ सय विन्दुभन्दा माथि उक्लिएको छ । साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से ३१ दशमलव ६२ अंक बढेर २१२० विन्दुमा कायम भएको हो । आइतबार ९४ हजार ५ सय २६ कारोबारमा १ करोड ६६ लाख ५ हजार २ सय ३४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो । आइतबार नेपाल पुनर्बीमा कम्पनीको प्रमोटर सेयर सबैभन्दा बढी साढे ३५ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सोनापुर सिमेन्ट २४ करोड र हाथवे इन्भेस्टमेन्ट ११ करोडभन्दा बढीको कारोबार भएको छ । आज कारोबारमा आएका ३ सय १४ वटा कम्पनीमध्ये २ सय ११ वटाको सेयर मूल्य वृद्धि भयो । त्यस्तै  ३३ वटाको घट्यो भने बाँकी ३ वटा कम्पनीको स्थिर रह्यो । आइतबार हाइड्रोपावर समूहमा उच्च वृद्धि देखिएको छ । सो समूह सबैभन्दा धेरै ४.५८ प्रतिशत बढ्यो । त्यस्तै अन्य समूह २.७७ प्रतिशत बढ्यो । वाणिज्य बैंक ०.४७, विकास बैंक १.२४, फाइनान्स १.५५, लगानी १.२४, जीवन बीमा ०.४२, उत्पादन १.०३, माइक्रोफाइनान्स १.९६ र निर्जीवन बीमा समूह ०.०१, प्रतिशत बढे । होटल तथा पर्यटन ०.०१ र ब्यापार समूह ०.९४ प्रतिशत घटे । हिमालयन पावर पार्टनर, कालिका पावर कम्पनी, तेह्रथुम पावर, मध्यभोटेकोशी जलविद्युत्, माथिल्लो मैलुङखोला, त्रिशूली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, हिमालयन रिइन्स्योरेन्स, दिव्यश्वरी हाइड्रो, रसुवागढी हाइड्रोपावर र दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो ।

प्रतिक्रिया