अधिकांश वाणिज्य बैंकहरुले निक्षेप ब्याजदर घट्यो, केहीमा यथावत

माघ महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । माघ महिनामा एनएमबि र एभरेष्ट बैंकबाहेक सबै वाणिज्य बैंकले निक्षेपको अधिकतम ब्याज दर घटाएका हुन । एनएमबिले नौ प्रतिशत र एभरेष्टले आठ प्रतिशत ब्याज यथावत राखेका हुन । बाँकी अन्य सबै बैंकले ब्याज घटाएका छन । ब्याज घटाउनेमा सरकारी बैंकहरु समेत छन । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक समीक्षा नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेपछि बैंकहरु ब्याजदर घटाउने दवावमा छन । अधिक तरलता भए पनि ऋण दिन नसक्ने अवस्था भएपछि बैंकले खर्च कम गर्न निक्षेपको लागत घटाउने नीति लिएका हुन । गत साउनदेखि निरन्तर रुपमा बैंकहरुले निक्षेपको ब्याज घटाउँदै आएका छन । बैंकिङ प्रणालीमा करिब ६ खर्बको हाराहारीमा तरलता भएपनि कर्जाको ब्याजदर नघटेपछि बैंकले निरन्तररुपमा निक्षेपको ब्याजदर घटाइरहेका छन । 
 

प्रतिक्रिया