बम्जनलाइ पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत सर्लाहीको आदेश

जिल्ला अदालत सर्लाहीले हत्या र यौन हिंसाको आरोपमा पक्राउ परेका  कथित ‘तपस्वी’  रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । काठमाडौंबाट पक्राउ परेका बम्जनलाई बुधबार राती सर्लाही पु¥याएर आज अदालत समक्ष प्रस्तुत गरिएको थियो । आज न्यायाधीश विष्णु रेग्मीको इजलासले उनलाई  पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । 
जिल्ला प्रहरी कार्यालय सर्लाहीले युवती बेपत्ता पारेको र यौन शोषण गरेको आरोपमा दुई छुट्टाछुट्टै मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । बम्जनमाथि २०७५ पुस १८ मा कर्मैयाकी रीता बोटेलाई बेपत्ता पारेको आरोप छ ।२०७६ माघ २३ मा सर्लाहीको पत्थरकोटस्थित जंगलमा १४ वर्षीय बालिकामाथि यौन शोषण गर्ने गरेको निवेदन प्रहरी कार्यालय सर्लाहीमा उजुरी छ । 
 

प्रतिक्रिया