थारु समुदायले माघ १ गते टुंडिखेलमा माघी पर्व मनाउने

माघे संक्रान्तीको अवसरमा थारु समुदायले माघ १ गते टुंडिखेलमा माघी पर्व मनाउने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकल प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा महोत्सव हुने जानकारी दिइएको हो । महोत्सवमा देशभरका थारु समुदायको उपस्थिति रहने थारु राष्ट्रिय माघी महोत्सव मुल समारोह समितिले जनाएको छ । महोत्सवमा थारु सांस्कृतिक झाँकी, थारु सांस्कृतिक प्रश्तुती, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री हुनेछ । 
पारु जातिले माघी पर्वमा खाने विशेष खाना परिकार ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया मेलाका आकर्षणको रुपमा रहने आयोजकको भनाइ छ । त्यस्तै सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार रहनेछन् । बालू सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झभ्झा रोटी लगायत विभिन्न परिकारहरुको राखिने छ ।

प्रतिक्रिया