रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीमा पेश, मुद्दा प्रक्रिया अघि बढाइयो

हत्या र यौन हिंसाको आरोप लागेका कथित ‘तपस्वी’  रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो । अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ भैरहेको छ । काठमाडौंबाट पक्राउ परेका बम्जनलाई बुधबार राती सर्लाही पु¥याइएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीले युवती बेपत्ता पारेको र यौन शोषण गरेको आरोपमा दुई छुट्टाछुट्टै मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । बम्जनमाथि २०७५ पुस १८ मा कर्मैयाकी रीता बोटेलाई बेपत्ता पारेको आरोप छ ।२०७६ माघ २३ मा सर्लाहीको पत्थरकोटस्थित जंगलमा १४ वर्षीय बालिकामाथि यौन शोषण गर्ने गरेको निवेदन प्रहरी कार्यालय सर्लाहीमा उजुरी छ । 
 

प्रतिक्रिया