राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई

एपीएफ ३–१ को सेटमा पराजित

साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको खुलामञ्चको कोर्टमा आज भएको फाइनलमा पुलिसले एपीएफलाई ३–१ को सेटले हराएको हो । पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो । पहिलो सेट एपिएफले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो ।  दोस्रो सेट २५–१९ ले जित्दै पुलिसले खेललाई १–१ सेटको बराबरीमा ल्यायो । त्यसपछि  तेस्रो सेट २५–१८ र चौथो सेट २५–२३ को जित निकाल्दै प्रहरीले उपाधि हात पा¥र्यो । यससँगै पुलिसले समूह चरणमा एपिएफसँग भोगेको हारको बदला लिएको छ । समूह चरणमा पुलिस एपिएफसँग ३–१ को सेटमा पराजित भएको थियो । उपाधिसँगै पुलिसले १ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले ३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । २० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो ।  
 

प्रतिक्रिया