सन्दीप लामिछानेलाई क्रिकेटका सबै गतिविधिबाट निलम्बन

नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई क्रिकेटका सबै गतिविधिबाट निलम्बन गरेको छ । अध्यक्ष चतुरबहादुर चन्दले आज विज्ञप्ति जारी गर्दै अदालतले दोषी  ठहर गरेको  भन्दै लामिछानेलाई निलम्बन गरिएको जानकारी दिएका  हुन । विज्ञप्तीमा लामिछानेलाई घरेलु र अन्र्तराष्ट्रिय सबै किसिमका गतिविधिबाट पूर्व कप्तान लामिछानेलाई निलम्बन गरिएको उल्लेख छ । जिल्ला अदालत काठमाडौले सन्दीपलाई पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । हिजो गरिएको सजाय निर्धारणमा उनलाई ८ वर्ष कैदसहित ५ लाख जरिवाना र क्षतिपूर्तिको आदेश सुनाएको छ । सजाय निर्धारण लगत्तै सन्दीपले माथिल्लो अदालतबाट सफाइ नपाएसम्म क्रिकेटबाट अलग रहने घोषणा गरेका थिए । अब लामिछानेले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिमा सहभागी हुन पाउने छैनन् ।

प्रतिक्रिया